काठमाडौं – भन्सार विभागको चालू आर्थिक वर्षको सात महीनाको तथ्यांकले नेपालको निर्यात व्यापार २९ प्रतिशतले घटेको देखाएको छ । तथ्यांकअनुसार सात महीनाको अवधिमा रू.९३ अर्ब ४३ करोडको निर्यात व्यपार भएको छ । जबकी गत वर्ष सोही अवधिमा रू. १ खर्ब ३१ अर्ब ६५ करोडको निर्यात व्यापार थियो ।
नेपालबाट धेरै निर्यात हुने सामग्रीमा सोयाविन तेल पर्छ । चालू अर्थिक वर्षको सात महीनामा ८ अर्ब २७ करोड भन्दा बढीको ३ करोड ४ लाख लिटर सोयाविन तेल निर्यात भएको छ । जुन गत वर्षको भन्दा ५ गुणा कम हो । गत वर्ष १५ करोड ६३ लाख लिटर ३६ अर्ब ८५ करोड रुपैयाँको सोयाविन तेल निर्यात भएको थियो । यो अवधिमा ७७ अर्ब ६६ करोड रुपैयाँको ३ करोड ८० लाख लिटर रिफाइन्ड पाम आयल र ६१ अर्ब ६० करोड रुपैयाँको २ लाख ८३ लाख लिटर पाम आयल निर्यात भएको छ ।
गएको वर्ष यही अवधिमा १२ अर्ब ७० करोडको ६ करोड लिटर रिफाइन्ड पाम आयल र २१ अर्ब रुपैयाँको १० करोड ६१ लख लिटर पाम आयल निर्यात भएको छ । सोयाविन र पाम आयलको निर्यात बढी देखिए पनि दुवैको कच्चा पदार्थ आयातमा निर्भर छ । नेपाली उत्पादन अलैंची नेपालबाट धेरै निर्यात हुनेमा पर्छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ४ अर्ब ८७ करोड रुपैयाँको ६० लाख ७३ हजार किलो अलैंची निर्यात भएको छ । अघिल्लो वर्ष २ अर्ब ६३ करोड रुपैयाँको ३० लाख किलो अलैंची निर्यात भएको थियो । यो वर्ष अलैंची गत वर्षको भन्दा दोब्बर बढीले निर्यात भएको हो ।
चालु आर्थिक वर्षको सात महीनामा ४ अर्ब २ करोडको १ लाख ४४ स्क्वायर मिटर कार्पेट निर्यात भएको छ । गत वर्ष यही अवधिका गत वर्ष भन्दा आधाले कम २ अर्ब ९१ करोड रुपैयाँको १ लाख २१ हजार स्क्वायर मिटर कार्पेट निर्यात भएको छ । कृषिजन्य उत्पादन चिया चालू आर्थिक वर्षको सात महीनामा २ अर्ब ४३ करोड रुपैयाँको १ करोड २२ लाख किलो भन्दा बढी निर्यात भएको छ । गतवर्षको सोही अवधिमा १ अर्ब ७७ करोड रुपैयाँको ७५ लाख किलो चिया निर्यात भएको भन्सार विभागको तथ्यांक छ । चालू आर्थिक वर्षमा २ अर्ब ३३ करोड रुपैयाँको ३ करोड लिटर मिक्स जुस निर्यात भएको छ । गतवर्ष सोही अवधिमा २ अर्ब १७ करोड रुपैयाँको ३ करोड लिटर मिक्स जुस निर्यात भएको थियो ।
गएको सात महीनमा २ अर्ब ३० करोड रुपैयाँको ४ करोड ६६ लाख स्क्वायर मिटर मिटर बुनेको कपडा भएको छ । गत वर्ष सोही अवधिमा ५ करोड ३५ करोड रुपैयाँको २० करोड स्क्वायर मिटर बुनेको कपडा निर्यात भएको थियो । यो वर्ष २ अर्ब १२ करोड रुपैयाँको ९८ लाख किलो र्यान निर्यात भएको छ । गत वर्ष यही अवधिमा १ अर्ब ८१ करोड रुपैयाँको ८२ लाख किलो र्यान निर्यात भएको थियो । भन्सार विभागका अनुसार गएको सात महीनामा १ अर्ब ९० करोड रुपैयाँको १ करोड ५५ लाख किलो फलाम निर्यात भएको छ गत वर्ष सोही अवधिमा ४३ करोड रुपैयाँको २७ लाख ८५ हजार किलो फलाम निर्यात भएको थियो ।
Comments are closed.