दाङबाट विद्युत् हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ

काठमाडौं । दाङको विभिन्न ठाउँबाट विद्युत् हुकिङ गरी चोरी गर्ने ९ जनालाई पक्राउ गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्र, सशस्त्र प्रहरी बल अर्जुन खोला र इलाका प्रहरी कार्यालय गढवाको टोलीले अनुगमनका क्रममा  राजपुर गाउँपालिका वडा नं ३, ५ र गढवा गाउँपालिकाको वडा नं ४ का विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ गरेकाे हाे ।

उनीहरुलाई विद्युत् हुकिङ गरी चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको केन्द्रले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रका अुनसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा–३ वसन्तपुरका जगदम्बा प्रसाद अहिर, वडा नम्बर ३ भैंसवाका जमुना प्रसाद यादव, राजपुर गाउँपालिका वडा नं५ चङ्गवाका सञ्चित कुमार यादव, शिवकुमार यादव, तहलु यादव, फिरोज अली, बैधु अली र गढवा गाउँपालिकाको वडा नम्बर ४ रामनगरका दिपक यादव रहेका छन् ।

उनीहरुले १ लाख २ हजार रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको छ। त्यस मध्येमा ४ जनाले ४० हजार रुपैयाँभन्दा बढी जरिबानासहितको बक्यौता रकम बुझाएपछि छाडिएको छ भने अन्य ५ जनाको बारेमा छानबिन भइरहेको छ ।

You might also like

Comments are closed.