आउँदो वर्षदेखि खेलकुदमा बजेट बढाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने  घोषणा गरेका छन् । ललितपुरको च्यासल रङ्गशाला मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रूपमा बजेट बढाउने  प्रतिवद्धता व्यक्त गरेका हुन् । साथै, प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रलाई सबल बनाउन सके समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित गर्न सकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘खेलकुद क्षेत्रले समाजमा मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्रको महत्त्वपूर्ण भूमिका छ । ’ खेलकुदका माध्यमबाट देशहरुमा राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने उनको धारणा थियो । प्रधानमन्त्रीले वर्तमान सरकारको तर्फबाट देशका सबै प्रदेशमा र स्थानीय तहमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए ।

प्रधानमन्त्री दाहालले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै सबै प्रदेश र पालिकाहरूमा पनि खेल पूर्वाधार निर्माण गर्ने सरकारको योजना रहेको सुनाए । प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले नेपाल सरकारको तर्फबाट देशका सबै प्रदेशमा, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा हामीले नीति, योजना र कार्यक्रम बनाएका छौँ । खेलकूदका माध्यमद्वारा सिङ्गै राष्ट्र पनि सबल रूपमा अघि बढ्ने आधार निर्माण हुने कुरा हो । यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेभन्दा गुणात्मक रूपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

च्यासल रङ्गशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको थियो । रङ्गशाला १० हजार दर्शक क्षमताको रहेको छ ।

 

You might also like

Comments are closed.