काठमाडौं । अब बुद्ध एयरले फागुन २५ गतेदेखि भद्रपुरदेखि पोखरासम्म उडान भर्ने भएको छ ।
काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान गरिरहेको बुद्ध एअरले अब फागुन २५ गतेदेखि पोखराबाट पनि जहाजले सीधा भद्रपुरका लागि उडान भर्नेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । पोखरा स्टेशन म्यानेजर गौतम बरालका अनुसार अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि र पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान भर्ने गरी तयारी गरिएको हो। सो हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ ।
पोखरामा जस्तो भद्रपुरमा यात्रु तथा पर्यटक बस्नका लागि पूर्वाधार नभएकाले साँझ उडान गराउन खोजिएको बराले बताएका छन् । पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि भद्रपुर–पोखरा उडान साँझ राखिएको उनको भनाइ छ ।
Comments are closed.