एन्फाले गर्‍यो भट्टराई, जोशी र अर्याललाई सह महासचिवमा नियुक्त

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को सह महासचिवमा बद्री भट्टराई, अरुणमान जोशी र वसन्त अर्याल नियुक्त भएका छन् ।

एन्फा मुख्यालयमा बसेको बैठकले भट्टराई, जोशी र अर्याललाई सह महासचिवमा नियुक्त गरेको हो ।भट्टराई एन्फाको निर्वाचित कार्यसमितिमा पनि थिए ।

एन्फाका बहुमत सदस्यको बहिष्कारबीच नेम्वाङले बैठक जारी राखेका थिए । बैठकका लागि उपस्थित एन्फाका २० सदस्यमध्ये १० सदस्यले बहिष्कार गरेका थिए । २१ केन्द्रीय सदस्यमध्ये मनीष जोशी अनुपस्थित थिए ।

बैठक बहिष्कार गर्नेमा उपाध्यक्ष त्रय दीर्घ बहादुर केसी (कुमार), विराटजंग शाही र दीपक खतिवडा तथा सदस्यहरू भोजराज शाही, रमेश व्यञ्जनकार, रूपेश केसी, रविन चन्द, भरत बुद थापा, महेन्द्र क्षेत्री, पेमा लामा, सदस्य टीका लामा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ रहेका छन् । अध्यक्ष नेम्वाङ तानासाह र गुन्डागर्दी ढङ्गमा चलेको आरोप समेत लगाएका थिए ।

You might also like

Comments are closed.