प्रथम फ्लो फ्लो कप फुटवलमा दोश्रो चरणको खेल सुरु

पोखरा । पोखरा १३ माछापोखरीमा जारी प्रथम फ्लो फ्लो कपमा बुधवार देखी दोश्रो चरणको खेल सुरु भएको छ । गन्नी एफ सी फुटवल क्लबको आयोजनामा जारी फ्लो फ्लो कपमा बुधवार सम्पन्न पहिलो खेलमा प्रो फिट फुटवल क्लबले नमुना फुटवल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो ।

खेलमा प्रोफिटका आशिस कुंवर र प्रवेश गुरुङले १-१ गोल गर्न सफल भए । त्यसैगरी दोश्रो खेलमा बी १३ ले बीवाइएस एफ सीलाई ६-० कोे फराकिलो गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा बी १३ को तर्फबाट दीपेश गुरुङले ५ र सन्देश देवकोटाले १ गोल गरे ।

तेश्रो खेलमा केआइइसी बोन एफसीले दीनेश एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गर्‍यो । खेलमा केआइइसीका तर्फबाट अविनाश तामाङले निर्णायक गोल गरे ।

चौथो खेलमा एलजी एकताले दीप १६ लाई १-० गोल अन्तरले पराजित गर्‍यो । खेलमा एलजीको तर्फबाट प्रशान्त गुरुङले निर्णायक गोल गरे । पांचौ खेलमा रामघाट एफसीले ढुंगेसांघु एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो । उक्त खेलमा रामघाटका गंगा गुरुङ र प्रविन गुरुङले समान १-१ गोल गरे ।

त्यसैगरी पांचौ खेलमा रत्न समाजलाई सैनिक एफसीले २-० गोल अन्तरले पराजित गर्‍यो। खेलमा सैनिकको तर्फबाट सुजल गुरुङ र बिकास परियारले समान १-१ गोल गरे । त्यसैगरी बुधवार सम्पन्न अन्तिम खेलमा रत्नचोकले संगम एकेडेमीलाई १-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गर्‍यो । खेलमा रत्नचोकका अभिषेक गुरुङले निर्णायक गोल गरेका थिए ।

प्रतियोगितामा बिजेतालाई नगद २ लाख ११ हजार १ सय ११ रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी उपबिजेताले नगद १ लाख ५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ । त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार नगद र ट्रफि प्रदान गरिने छ ।

You might also like

Comments are closed.