फ्लो फ्लो कप प्रिक्वाटरका खेल सम्पन्न, आज क्वाटरफाईनलका खेलहरु हुँदै

पोखरा, । पोखरा १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटवल क्लवद्वारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता बिहीबारबाट तेश्रो चरणको खेल सुरु भएको छ ।

प्रतियोगिताको तेश्रो दिन बिहीबार ६ खेल सम्पन्न भएको क्लवको अध्यक्ष गणेश क्षेत्रीले बताए ।तेश्रो दिनको पहिलो खेलमा बि र्थटिनले सितलज्योती क्लवलाई ट्राइबेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलको पहिलो हापमा बि र्थटिनलका दिपेश गुरुङले एक गोल गर्दै टिमलाई अग्रता बनाए पनि खेलको दोस्रो हापमा शितलज्योती क्लवबाट मन्दीप गुुरुङले गोल गदै खेलमा फर्काउन सफल भएका थिए ।

त्यसैगरी दोश्रो खेलमा कमल पोखरीले कृष्ति एफसीलाई २-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगितामा कमल पोखरीका प्रदीप गुरुङले २ गोल गर्न सफल भए ।

त्यसैगरी तेश्रो खेलमा एलजी एकतालाई प्रो फिट्सले ट्राइबेकरमा ३-२ गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलको अन्तिम समय सम्म पनि दुवै टिमबाट गोल हुन नसकेपछि निर्णयको लागि ट्राइबेकरमा पुुगेको हो।

त्यस्तै चौथो खेलमा रत्नचोकले सैनिक एफसीलाई १-० गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा रत्नचोकको तर्फबाट अभिषेक गुुरुङले निर्णायक गोल गर्दै टिमलाई अघिल्लो चरणमा प्रवेश गराए ।

त्यस्तै पाँचौ खेलमा सन्देश मेमोरिएलले गन्नी एफसी (रातो) लाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित ग¥यो । खेलको अन्तिम समय सम्म दुई-दुई गोलमा बराबरी भएपछि ट्राइबेकरबाट सन्देश मेमोरिएल अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै आजकै छैंटौै खेलमा रत्न समाजले बि र्थटिनलाई ट्राइबेकरमा २-० गोल अन्तरले पराजित गर्‍यो । खेलमा बि र्थटिनको तर्फबाट सन्देश देबकोटाले एक गोल गर्दै अग्रता बनाएपनि त्यस लगतै रत्न समाजको तर्फबाट बिनय तामाङले गोल गर्दै ट्राइबेकरमा पुर्‍याउन सफल भएका थिए। ट्राइबेकरमा रत्न समाजको गोल रक्षकले उत्कृष्ट बचाउ गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५र५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए ।

You might also like

Comments are closed.