काठमाडौं । समृद्धि फाइनान्सले फागुन १९ गते शाखा कार्यालय पुतलीसडक, बनेपा र पोखराबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम पोखरा र बनेपा शाखाको पा्रङगणमा र पुतलीसडक शाखाले शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्ड मा सम्मन्न गरिएको थियो ।
हिजोबाट सुरु गरिएको कार्यक्रम फागुन २६ गते हेटौंडा, २७ गते चितवन र २८ गते बुटवल शाखाबाट आयोजना गर्ने तालिका रहेको संस्थाले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
Comments are closed.