बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेको छ ।
तोलामा ३ सय रुपैयाँले बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढी आज चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

You might also like

Comments are closed.