लायन्सको गभर्नर र भाइस गभर्नरमा मरहठ्ठा, थापा र मल्लको उम्मेदवारी दर्ता

काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी लायन वर्ष २०२३–२०२४ को लागि गभर्नर र भाइस गभर्नको उम्मेदवारी दर्ता भएको छ ।

गभर्नरका लागि हरिप्रसाद मरहठ्ठा, फस्ट भाइस गभर्नरमा मीलन थापा र सेकेन्ड भाइस गभर्नरमा मीलनबाबु मल्लको उम्मेदवारी दर्ता भएको छ ।

चैत ११ गते काठमाडौंमा डिष्ट्रिक्टको कन्भेन्सन हुँदै छ । तीन जना उम्मेदवारलाई शतप्रतिशत ‘एस भोट’को लागि डिष्ट्रिक्टका लायन्स लिडरहरुले अपिल गरेका छन् । डिष्ट्रिक्टको बर्तमान गभर्नर ध्रुव श्रेष्ठ छन् ।

You might also like

Comments are closed.