काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको सोनिया इन्टरनेशनल एजुकेशन एण्ड करियर्स (एसआइइसी) ले आज आइतबार १०औं वार्षिकोत्सव मनाउन लागेको छ । १० वर्ष अगाडि स्थापना भएको एसआइइसीको कार्यालय पुतलीसडकमा छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाका प्रवन्ध निर्देशक नवराज केसीले सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक, शुभचिन्तक, विदेशी युनिभर्सिटी तथा कलेज लगायत सरोकारवाला सम्पूर्णप्रति आभार तथा कृतज्ञता व्यक्त गरेका छन् । संस्थाले अष्ट्रेलिया, क्यानडा, न्युजील्याण्ड, युके लगायतका देशमा जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकको रोजाईमा एसआइइसी पर्न सफल भएको केसीले बताए । ‘दश वर्षसम्म हामीले प्रदान गरेको सेवाबाट विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल भएका छौं,’ उनले भने ।
यसैबीच एसआइइसीले न्युजील्याण्ड एडमिसन डे कार्यक्रम गर्न लागेको छ । १४ मार्च मंगलबार कार्यक्रम गर्न लागेको हो । बिहान १० देखि १२ः३० बजेसम्म संस्थाको कार्यालयमा कार्यक्रम हुने केसीले जानकारी दिए ।
Comments are closed.