आर्थिक आवाज
लेखनाथ, १९ फागुन । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा वान डे प्रोफेसनल जेल नेल एक्सटेन्सन एण्ड ब्राइडल हेयर स्टायल सम्वन्धी सेमिनार शनिबार सम्पन्न भएको छ । लेखनाथ उद्योग वाणिज्य संघका तालिम व्यवस्थापन संयोजक जानुका अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष बलराम ढकालले सिकेका ज्ञान तथा सिपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । सेमिनारमा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव तथा सौन्दर्य विशेषज्ञ चिनु गुरुङ प्रमुख प्रशिक्षक रहेकी थिइन् । सौन्दर्य व्यवसायको आकर्षण बढेसँगै यसलाई व्यावसायिक बनाउनु आवश्यक रहेको प्रशिक्षक गुरुङको भनाई छ । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पूर्व अध्यक्ष बाबुराम गिरी, सौन्दर्य व्यवसायी संघ कास्कीका अध्यक्ष कल्पना कोइराला लगायतको उपस्थिति थियो ।
संघका महासचिव भरतकुमार अधिकारीले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेका थिए । तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक पराजुलीले जानकारी दिइन् । सौन्दर्य व्यवसाय सम्मानित पेशा भएकाले व्यावसायिक रुपमा अंगिकार गर्न तालिममा सहभागीहरुलाई उनले आग्रह गरिन् । व्यवसायमा प्रतिस्पर्धा बढेकाले क्षमता अभिवृद्धि गर्न तालिमले सहयोग पुग्ने उनले बताइन् ।
व्युटिपार्लर एसोसिएसन लेखनाथ इकाईमा माया
सोही अवसरमा व्युटिपार्लर एशोसिएसन लेखनाथ एकाई गठन भएको छ । माया विश्वकर्माको अध्यक्षतामा एकाई गठन भएको हो ।
उपाध्यक्षमा टीका पुन, सचिव सुस्मिता विश्वकर्मा, सहसचिव सोमा पौडेल, कोषाध्यक्ष पवित्रा गौतम छन् । सदस्यहरुमा लता गुरुङ, लक्ष्मी कुमाल, शिल्पा परियार, कुमारी पुन, स्नेहा परियार, मिरा मल्ल छन् ।
Comments are closed.