एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा मार्च १६ (चैत २ गते) ‘एक्स्पर्ट एडिम्सन डे २०२३’ हुँदैछ । पोखराको सिद्धार्थचोकस्थित एक्स्पर्टको कार्यालयमा कार्यक्रम हुँदैछ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको एक्स्पर्ट पोखराका मार्केटिङ प्रमुख विष्णुप्रसाद गौतम बताउँछन् । यसैसन्दर्भमा केन्द्रित रहेर गौतमसँग आर्थिक आवाजले गरेको कुराकानीः
एक्स्पर्ट एड्मिसन डे आयोजना गर्नुको उद्देश्य के हो ?
विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरि शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले एक्स्पर्ट एड्मिसन डे आयोजना गर्न लागेका हौं । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई सहजता होस तथा विद्यार्थी अलपलमा पर्ने अवस्था आउन नदिनु यसको उद्देश्य हो । मार्च १६ अर्थात् चैत २ गते ‘एक्सपर्ट एडिम्सन डे २०२३’ आयोजना हुँदैछ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखराको सिद्धार्थचोक स्थित एक्स्पर्टको कार्यालयमा कार्यक्रम हुनेछ ।
कार्यक्रमको विशेष आकर्षण के छ ?
एकै स्थानमा तथा एकै दिनमा विद्यार्थीलाई वैदेशिक शिक्षाका बारेमा आवश्यक जानकारीहरु प्रदान गर्नु कार्यक्रमको उद्देश्य हो । यस पटकको एडमिसन डेको कार्यक्रममा ५ देशका ४० भन्दा धेरै कलेज तथा युनिभर्सिटीका प्रतिनिधित्व रहनेछ । विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा संवाद गर्न पाउने छन् ।
विद्यार्थीको सहभागिता कस्तो रहने अपेक्षा गर्नुभएको छ ?
विद्यार्थीको उत्साहजनक सहभागिता रहने हामीले अपेक्षा गरेका छौं । विगतका वर्षमा पनि विद्यार्थीको धेरै राम्रो सहभागिता रहने गरेको थियो । एड्मिसन डेमा सहभागी हुने विद्यार्थीलाई आकर्षक पुरस्कारको व्यवस्था पनि गरेका छौं । कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्स्पर्टबाट दिइने आयल्स, पीटीई क्लासमा समेत छुट दिइने छ । एक्स्पर्टले बिगत दुई दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएकाले पनि विदेश अध्ययन गर्न जानका लागि एक्स्पर्ट विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।
एक्स्पर्टले कसरी सेवा प्रवाह गरिरहेको छ ?
एक्स्पर्टले नेपालका प्रमुख १६ शहरहरुमा शाखाहरु सञ्चालनमा ल्याएको छ । विश्वका १९ देशका ५० भन्दा बढी शहरहरुबाट समेत एक्स्पर्टले सेवा प्रवाह गरिरहेको छ । बिगतका वर्षहरुमा झै यस वर्ष पनि नेपालका शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, विराटनगर, विर्तामोड र काठमाडौंमा एक्स्पर्ट एड्मिसन डे कार्यक्रमको आयोजना हुँदैछ ।
Comments are closed.