नेपालमा सेवा विस्तार गर्दै क्रिप्टोजेन, लोकप्रिय बन्दै ‘सेक्युअर’ प्रडक्ट

काठमाडौं । साइबर सेक्युरिटीको क्षेत्रमा काम गर्दै आइरहेको क्रिप्टोजेन नेपालले सेवा विस्तारलाई तिब्र बनाएको छ । कम्पनीले छोटो समयमा नेपालका प्रतिष्ठित सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गर्दै साइबर सेक्युरिटीको काम गर्न सफल भएको क्रिप्टोजेन नेपालका सिइओ सुमन थपलियाले जानकारी दिए ।

क्रिप्टोजेन नेपाल विगत ४ वर्षदेखि साइवर सेक्युरिटी डोमेनमा सेवा प्रदान गर्दै  आइरहेको सेक्युरिटी कम्पनी हो । कम्पनीले कर्मसियल, डेभलपमेन्ट बैंक, इन्स्योरेन्स, कर्पोरेट कम्पनी, सफ्वयर डेपलमेन्ट हाउस, विभिन्न बिजनेश हाउस लगायतमा सेवा प्रवाह गरिरहेको छ ।

नेपालमा कम्पनीको सिइओमा सुमन थपलियासहित चिफ टेक्नोलोजी अफिसरमा निर्मल दाहाल र सेक्युरिटी अपरेसन सेन्टर (एस.ओ.सी.) म्यानेजरमा आदीत्य खाती छन् । कार्यालय नक्साल काठमाडौं छ । नेपालमा ३५ जना फुलटाइम स्टाफ र १५ जना इन्टर्नले सेवा प्रदान गरिरहेका छन् ।

क्रिप्टोजेन नेपालले आफ्नै सेक्युरेटी अपरेसन सेन्टरको लागि आफैले निर्माण गरेको सेक्युअर (saycure) नामक प्रडक्ड बनाएर सेवाको प्रयोगमा ल्याएको छ । यो प्रडक्ट नेपालमा अति नै रुचाइएको छ, थपलियो भने, ‘अष्ट्रेलिया र अमेरिकाले पनि हालको अवस्थामा रुचाएको पाइएको छ । क्रिप्टोजन नेपालले सक्युअरलाई देशव्यापी रुपमा सन् २०२४ को अन्तिमसम्म हरेक बैंकिङ सेक्टरमा पुर्याउने उद्देश्य राखेको छ ।

jutta mela

जिआरसी डिपार्टमेन्ट, अफेन्सिफ डिपार्टमेन्ट र सेक्युरिटी अपरेसन सेन्टर गरी कम्पनीले ३ वटा डिपार्टमेन्टमा काम गरिरहेको छ । आइएस अडिट, आइटी अडिट, भिए एण्ड पिटी, सेक्युरिटी अपरेसन सेन्टर, साइवर सेक्युरिटी ट्रेनिङ, साइवर सेक्युरिटी प्रोडक्ट्स, भल्नरयाविलिटी म्यानेजमेन्ट, पिसिङ सिम्युलेसन लगायतका क्षेत्रमा सेवा प्रवाह गरिरहेको छ ।

कम्पनीको इन्टरनेशनल पार्टनरमा टेनेवल, आइजोलोजिक, एक्युनटिक्स, स्टिकम्यान साइवर, इन्भिक्टी छन् । नेशनल पार्टनरमा लग पोइन्ट, डिजिटल नेटवर्क सोलुसन, सिसक्युव, बिट्सक्राफ्ट, ट्याक्सीमाण्डु, टेक्सास कलेज, सफ्टटेक फाउण्डेसन प्रा.लि लगायत छन् । कम्पनीले नेपाल, बंगलादेश, दुवई, अष्ट्रेलिया र युएसए लगायतका देशमा सेवा प्रदान गरिरहेको छ । नेपाल प्रहरी, सर्वोच्च अदालत, नेपाल बैंक लि. लगायत प्रतिष्ठित तथा संवेदनशील क्षेत्रमा कम्पनीले सेवा प्रदान गरिसकेको छ ।

क्रिप्टोजेन नेपालसँग अहिले ४० भन्दा धेरै वार्षिक ग्राहक छन् र ५० भन्दा धेरैलाई साइबर सेक्युरिटी सेवा दिएको छ । सुरक्षित साइबर स्पेस सृजना गर्न कम्पनीले अग्रणी भूमिका निर्वाह गरेको थपलिया बताउँछन् । सिइओ थपलियासँग साइबर सेक्युरिटी सम्वन्धी CISA, CHFI, CEH, CEI, and CISCO लगायतका प्रोफेशनल सर्टिफिकेट छन् । उनले निरन्तर रुपमा कम्पनीमा उत्कृष्ट योगदान गर्दै आएका छन् ।

कम्पनीलाई कर्पोरेट ग्रुपको रुपमा विकास गरी सामाजिक चुनौतीलाई समाधान गर्दै विविध मूल्यको सृजना गर्दै अगाडि बढ्ने थपलियाले बताए । थपलिया विगत ११ वर्षदेखि साइबर सेक्यूरिटीका क्षेत्रमा कार्यरत छन् ।

You might also like

Comments are closed.