नेपाली कांग्रेस सरकारमा जाने, प्रधानमन्त्री दाहाललाई विश्वासको मतदान गर्न निर्देश

काठमाडौं  । नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा  सहभागी हुने भएको छ ।

आज संघीय संसद भवनको शङ्कर हलमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेस ३० संसदको सबैभन्दा ठलो दलका रूपमा सहभागि हुने बैठकले निर्णय गरेको हो ।

त्यस्तै, उक्त बैठकले चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति पदको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई कार्यकाल सफलताको बधाई ज्ञापन गरेको छ ।

बैठकले भनेको छ, ”गठबन्धन दलहरूबीचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघिबढ्ने क्रममा नेपालको संविधानको धारा ७६(२) बमोजिम गठित पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेकोे वर्तमान सरकारलाई नेपाली काँग्रेसको विधानको धारा २२ (११) बमोजिम समर्थन गर्ने र २०७९ चैत्र ६ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राख्नु हुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नका लागि पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय समेत गरेको छ ।”

त्यसैगरी, नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृस्टिगत गरेर चयन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

You might also like

Comments are closed.