प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

रास्वपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभामा रास्वपाका १९ सांसद रहेका छन् ।

You might also like

Comments are closed.