डिष्ट्रिक्ट वाइफर्मेसन हुँदा धेरै साथीहरू छुटिनुपरेको अवस्था हाम्रो लागि सहज होइन । हामी ३२५ बी १ बाट ५ ओटा डिष्ट्रिक्ट भएका हौं । हामी एक आपसका मिलेर काम गरिरहेका साथी छुटिँदा घर परिवार छुट्टिएको आभाष हामीले गरेका हौं । तर हाम्रो लिडरहरूले छुट्टिएर अगाडि बढ्ने भन्ने निर्णय लिएपछि हामीले हाम्रो डिष्ट्रिक्टलाई कसरी नम्बर वान डिस्ट्रिक्ट बनाउने भन्ने सकारात्मक प्रतिस्पर्धा मनमा राखेर अगाडि बढ्यौं । हामीले सकेको राम्रो काम गरेरै अगाडि बढ्यौं । हामी आफ्नो छुट्टै पहिचान बनाउन सक्षम भएका छौं । एउटा व्यक्तिले गर्न सकिने अवस्था होइन, टीममा गरिने काम भएकोले पनि सबैको सक्रियताले आज यो अवस्थामा आएका छौं । गभर्नर ज्यूले ल्याउने योजनामा हाम्रो पूर्ण साथ रहेर त्यसलाई सफल पार्ने उद्देश्य रहन्छ । हाम्रो गभर्नर ध्रुव श्रेष्ठले ‘लिड विथ इम्प्याथी’ भन्ने थिममा योजना ल्याउनुभएको थियो । सबै मिलेर ल्याउँदा हामी सफल भएका छौं ।
हाम्रो डिष्ट्रिक्ट अहिले अल ओभर वल्र्डमा हेर्दा पनि राम्रो पोजिसनमा छ । मेम्वरसिप ग्रोथ, क्लव एक्सटेन्सन, सर्भिसका काम लगायत डिष्ट्रिक्टले धेरै काम गरिरहेको छ । वाइफर्मेसनको समयमा हाम्रो डिष्ट्रिक्टले त्यति राम्रो क्लबहरु पाएको होइन । तर गर्भनर ज्यूको कार्यकुशलकाका कारण अहिले हाम्रो डिष्ट्रिक्ट धेरै अगाडि पुगेको छ । करीब ४५ वर्षको उहाँको अनुभव तथा लायनिजमको यात्राले नै डिष्ट्रिक्ट अहिलेको अवस्थामा आएको हो ।
नेपालमा लायन्सको १५ डिष्ट्रिक्ट छन् । डिष्ट्रिक्ट वाइफर्मेसन भएपछिको यो हाम्रो पहिलो कन्भेन्सन हो । यसलाई ऐतिहासिक तथा उत्कृष्ट बनाउनतर्फ हामी लागिरहेका छौं । नेपालको लायनिजमका पुर्व गर्भनरहरुको उपस्थिती पनि कार्यक्रममा रहन्छ । उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ जुन मुख्य आकर्षण बन्नेछ ।
लायन्समा मेरो यात्रा
विश्वभर सामाजिक कार्यमार्फत स्थापित भएको लायन्स क्लब इन्टरनेशनलमा म सन् २००८ देखि आबद्ध छु । लायन्स क्लब अफ काठमाडौं वनस्थलीबाट मैले आफ्नो लायनिजमको यात्रा शुरू गरेको हुँ । उक्त क्लबको चार्टर मेम्बरको रूपमा जिम्मेवारी निर्वाह गर्दा क्लबलाई सक्रिय बनाउने भूमिका निभाउने काम गर्यौं । लायन्स लिडहरूको विश्वास जित्न सक्नु र म पनि सक्रिय भएर लागेका कारण क्लब प्रेसिडेन्ट, जोन, रिजन हुँदै वर्ष २०२२/२०२३ को लागि चिफ एडमिनिष्ट्रेटरका रुपमा नियुक्त भएको छु । कन्भेन्सनको कन्भेनरको जिम्मेवारी पनि गर्भनरले मलाई नै दिनुभएको छ ।

लायनिजमको मुख्य कुरा भनेको लिडरसिप, सर्भिस र फेलोसिप हो । हामी लिन भन्दा पनि दिनका लागि लायन्समा आउछौं । हाम्रो कमाइ भनेकै फेलोसिप हो । धेरै ठाँउका साथीहरूसँग मिलेर काम गर्ने अवसर पाइन्छ । सम्बन्ध स्थापित गर्दा हामीलाई व्यावसायिक रूपमा पनि धेरै सहज हुने मैले महसुस गरेको छु ।
लायन्स भनेको समाजसेवामा पनि हो । यसमा लाग्दा आत्मसन्तुष्टी पनि हुन्छ । लिडरसिपमा आउने खालको प्राक्टिस हुने हुदाँ लिडरसिप पनि विकास हुन्छ । लायन्सको लिडरसिप डेभलपमेन्टले अन्य ठाँउमा पनि सहयोग पुग्ने गरेको छ ।






Comments are closed.