काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी उमेश डाल्मियाले उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला तथा नगरतर्फ खुल्ला सदस्यमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं झापा उद्योग वाणिज्य संघको निबर्तमान अध्यक्षसमेत रहेको डाल्मियासँग बर्तमान कार्यकालसहित महासंघमा दुई कार्यकालसम्म कार्यसमितिमा रहेर काम गरिसकेको अनुभव छ ।
महासंघमा जिल्ला तथा नगरको ५० प्रतिशत ‘स्टे«न्थ’ रहेपनि महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको कुरा खासै सुनुवाई नहुने गरेको उनको भनाइ छ । ‘महासंघमा हाम्रो कुरा कम मात्रै सुनिन्छ । हाम्रो मागको सुनुवाई हुँदैन । अब जिल्ला तथा नगरको ५० प्रतिशत स्ट्रेन्थ देखाउन पनि म पहल गर्नेछु,’ उनले भने ।
विधानलाई संशोधन गरी अध्यक्ष लगायत सबै पदमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने समेत उनको माग छ । बजारमा रहेको आर्थिक संकट र बैंकिङ समस्या लगायतका विषयलाई महासंघमा लैजाने र सरकारलाई दबाब दिने उनले बताए । ‘अब वार्ताले मात्रै सरकारले सुन्नेवाला छैन । व्यवसायीको समस्या सम्बोधन गर्न आवश्यकता परेको अवस्थामा आन्दोलन नै गर्नुपर्छ,’ उनले भने ।
आफूले जिल्ला, नगर तथा मोफसलका उद्योगी व्यवसायीहरुको समस्या बुझेको बताउँदै उनले जिल्ला नगरलाई दह्रो बनाउन आफूले महासंघमा उम्मेदवारी दिन लागेको बताए ।
Comments are closed.