काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ। सोमबार अमेकी डलरको मूल्य स्थिर रहेको छ । आइतबार पनि अमेरिकी डलर सोही मूल्यमा किनबेच भएको थियो ।
त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४२ रुपैयाँ २० पैसा र बिक्री दर १४३ रुपैयाँ ८५ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८० पैसा र बिक्रीदर १६२ रुपैयाँ ५४ पैसा राष्ट्र बैंकले तोकेको छ । आज युरो र बेलायती पाउण्डको मूल्य घटेको हो ।
त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रूपैयाँ १० पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ८८ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९२ पैसा , साउदी अरेवियन एक रियालको खरिददर ३४रूपैयाँ ९४ पैसा र बिक्री दर ३५ रूपैयाँ १० पैसा , कतारी रियाल एकको मूल्य खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७३ पैसा र बिक्री दर २९ रूपैयाँ८६पैसा राष्ट्र बैंकले तोकेको छ ।
समग्रमा साताको दोस्रो कारोबारको दिन सोमबारको दिन अमेरिकी डलर स्थिर रहनुको साथै युरो, पाउण्डसहितकेही देशको पैसा घटेको छ भने केही देशको पैसाको मूल्य बढेको छ ।
Comments are closed.