काठमाडौं । इडिआई ग्लोबल एजुकेशनको शाखा पोखरामा सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको शाखाको सोमबार उद्घाटन गरिएको छ । इडिआइ ग्लोबलका डाइरेक्टर शैलेश शर्मा, कौमुदी पाध्या, साउथ एसियाका रिजनल डाइरेक्टर रमेशकुमार थापा र कन्ट्री डारेक्टर सुरज पुरीले शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
पोखरा तथा आसपासका क्षेत्रबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श लगायतका सेवा प्रदान गर्ने लक्ष्यसहित शाखा सञ्चालनमा ल्याइएको हो । अष्ट्रेलिया, क्यानडा, युएसए, न्युजिल्याण्ड र युरोपका विभिन्न देशहरुका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजसँग सहकार्य गरी संस्थाले काम गरिरहेको थापाले जानकारी दिए ।
मुख्य कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको इडिआई ग्लोबल एजुकेसनका अन्य शाखाहरु भारत, क्यानडा, न्युजील्याण्ड लगायत देशमा छन् । नेपालमा काठमाडौं, बुटवल र पोखराबाट सेवा प्रदान भइरहेको छ ।
त्यसैगरी इडिआई ग्रुपको साधारणसभा सम्पन्न भएको छ । पोखराको हिमालय देउराली रिसोर्टमा २ दिनसम्म कार्यक्रम भएको हो । भारत लगायत विभिन्न देशका शाखाका प्रतिनिधिहरुकोे उपस्थितिमा वृहत छलफलसहित साधारण सभा सम्पन्न भएको थापाले जानकारी दिए ।
‘हाम्रो टिममा आबद्ध व्यक्तिहरुसँग परामर्श क्षेत्रमा लामो समयको अनुभव छ,’ थापाले भने, ‘पोखरा तथा अन्य शहरबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुको आकर्षक रोजाई इडिआई ग्लोबल बन्नेमा हामी विश्वस्त छौं ।’
Comments are closed.