काठमाडौं । कच्चा तेलको उत्पादन घटाउने ओपेकले निर्णय गरेको छ । कच्चा तेलको मूल्यमा भइरहेको गिरावट रोक्ने उद्देश्यले ओपेक देशहरुले उत्पादन कटौती गर्ने निर्णय गरेका हुन् ।
साउदी अरबसहित तेल निर्यात गर्ने देशहरुको संगठनले उत्पादन कटौती गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी जनाएको छ ।यी देशहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यलाई स्थिर बनाउन यी कदम चालेको बताउँछन्।
यी देशका मन्त्रीहरुको भर्चुअल बैठकमा पनि सहमति भएको थियो । मन्त्रिपरिषद्मा साउदी अरब र रुसका मन्त्रीहरू पनि परेका थिए । पहिले यी देशहरूले २० लाख ब्यारेल कटौतीको घोषणा गर्न सक्ने बुझिए समाचार एजेन्सीहरुमा उल्लेख छ। तर, त्यसपछि दैनिक ११.५० लाख ब्यारेल कटौती गर्ने निर्णय भएको थियो ।
रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन आधा मिलियन ब्यारेलले उत्पादन कटौती गरिरहने बताएको छ । यसैबीच, संयुक्त अरब इमिरेट्सले आफ्नो उत्पादन दैनिक १ लाख ४४ हजार ब्यारेलले घटाउने बताएको छ ।
साउदी प्रेस एजेन्सीको ट्विटर ह्यान्डलबाट गरिएको ट्विटमा साउदी अरबको ऊर्जा मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको अस्थिरतालाई नियन्त्रण गर्न सन् २०२३ को मेदेखि वर्षको अन्त्यसम्म कच्चा तेलको उत्पादनमा कटौती गरिने जनाएको छ । बजारमा दैनिक पाँच लाख ब्यारेलको कटौती हुनेछ ।
ओमानले दैनिक ४० हजार ब्यारेल कटौती गर्ने घोषणा गरेको छ । बैंकिङ संकटपछि तेलको मूल्यमा आएको गिरावटलाई रोक्न साउदी अरेबियालगायत ओपेक प्लस राष्ट्रले आफ्नो तर्फबाट दैनिक ५० लाख ब्यारेल कच्चा तेलको उत्पादन कटौती गर्ने घोषणा गरेका छन् । एजेन्सी







Comments are closed.