सेयर बजारको ओरालो यात्रा जारी, नेप्से १६.६७ अंकले घट्दा ९२ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ ।आइतबार २० अंकले घटेको नेप्सेपरिसूचक आज पनि १६ दशमलव ६७ अंकले घटेको हो

सोमबार नेप्से १६ दशमलव ६७ अंकले घटेर १ हजार ८ सय ७१ दशमलव ८८ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज २६० कम्पनीका २८ लाख २९ हजार ४ सय २६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबारको तुलनामा सोमबार नेप्सेपरिसूचक कम घटेपनि कारोबार भने घटेको देखिन्छ । आइतबार १ अर्ब २० करोड ७१ लाख लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारको आधारमा आज ३३ कम्पनीको सेयर मूल्य बढ्दा १७३ कम्पनीको सेयर मूल्य घट्नुको साथै १० कम्पनीको सेयर मूल्य स्थिर रहयो ।कारोबारको आधारमा  नबिल बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन डिस्टिलरी र अपी पावर क्रमशः अगाडि रहे ।आज कारोबारको आधारमा सबै भन्दा बढी नबिल बैंक लिमिटेडको भएको छ । सो बैंकको ३ करोड ६२ लाखको कारोबार भएको छ ।

सबैभन्दा धेरै कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो भने माहुली लघुवित्तको ३ प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो ।

बैंकिङ ९, विकास बैंक ३४, फाइनान्स १२, होटल तथा पर्यटन १७, जलविद्युत् ३२, जीवन बीमा ४८, उत्पादन ४५, लघुवित्त ३८, निर्जीवन बीमा १०३ र अन्य उपसमूह ८ अंक घटे । ब्यापार उपसमूह भने २५ अंक बढ्यो ।

 

You might also like

Comments are closed.