काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले सोमबार थप एक एटीएमको उद्घाटन गरेको छ ।
बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, बैकले सेवा विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं. ०२ स्थित आफ्नो वाणी शाखाबाट एटीएम सेवा शुरु गरी स्थानीय स्तरमा अझै सहज बैंकिङ सेवा पुर्याउ पहल गरेको छ ।
उक्त उद्घाटन कार्यक्रमको सभापतित्व वाणी बजार ब्यवस्थापन समितीका अध्यक्ष डम्बर देव जोशीले गरेका थिए । साथै एटीएमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका का मेयर हेम राज ओझाले गरे ।
उक्त समारोहमा बैंकका मुख्य प्रबन्धक दिपक खनाल, सामान्य प्रसाशन बिभाग प्रमुख दीप बहादुर रावल, वाणी शाखाका शाखा प्रबन्धक मनोज शाही लगायत बैंकका कर्मचारीहरु, स्थानिय व्यवसायी एवं भद्र/भलादमी, निक्षेपकर्ता लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनालले बैंकको संक्षिप्त चिनारी सहित स्वागत मन्तब्य राखेका थिए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप एक नयाँ एटीएमको उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा १९ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि दशगुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।
Comments are closed.