हिमालयन बैंकको नारी बचत खातामा दुर्घटना मृत्यु बीमाको रकम बढ्यो

काठमाडौं । हिमालयन बैंक लिमिटेडले नारी बचत खातामा दुर्घटना मृत्यु बीमाको रकम बढाएको छ ।

हिमालयन बैंकको विभिन्न बचत खाताहरुमध्ये नारी वचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम ५ लाखबाट वृद्धि गरी १० लाख रुपैयाँ सम्म पुर्‍याइएको छ ।

नारी वचत खाता नारीको सम्मान स्वरूप विशेष गरी नारीलाई लक्षित गरिएको योजनाको रूपमा रहेको छ भने विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आवद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ ।

रू। १० लाखसम्मको दुर्घटना मृत्यु बीमाबाहेक पनि नारी बचत खातामा लकर धरौटीमा ५० प्रतिशत छूट र विभिन्न बैकिङ सेवामा २५ प्रतिशतसम्म छूट रहेको छ ।

 

You might also like

Comments are closed.