काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ४४ पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा रहेको छ। सोमबार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो । सोमबार स्थिर रहेको अमेरिकी डलर मंगलबार भने केही पैसा बढेको छ ।
त्यस्तै, मंगलबार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४२ रुपैयाँ ८८ पैसा र बिक्री दर १४३ रुपैयाँ ५३ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २८ पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ८४ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९१ पैसा , साउदी अरेवियन एक रियालको खरिददर ३५ रूपैयाँ ०४ पैसा र बिक्री दर ३५ रूपैयाँ २०पैसा , कतारी रियाल एकको मूल्य खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७४ पैसा र बिक्री दर २९ रूपैयाँ८८पैसा राष्ट्र बैंकले तोकेको छ ।
समग्रमा साताको तेस्रो कारोबारको दिन मंगलबारको दिन अमेरिकी डलरसहित केही कम्पनीको मूल्य बढेको छ भने केही देशको मूल्य घटेको छ ।
Comments are closed.