काठमाडौं । सेयर बजार साताको तेस्रो कारोबारको दिन मंगलबार पनि ओरालो लागेको छ । मंगलबार नेप्सेपरिसूचक ५ दशमलव २० अंकले घटेको हो । सेयर बजार परिसूचक नेप्से आज ५ दशमलव २० अंकले घटेर आज १ हजार ८ सय ६६ दशमलव ६८ विन्दुमा झरेको छ ।
आज २ सय ६४ वटा कम्पनीका २९ लाख ७१ हजार कित्ता सेयर ९१ करोड ७६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३ करोड ३६ लाख र एनआईसी एसिया बैंकको तीन करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
९१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भयो । यसअघि सोमबार ९२ करोडको कारोबार भएको थियो । ८६ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने १५ को स्थिर रहृयो । विकास बैंक १०, फाइनान्स २, होटल तथा पर्यटन ३, जलविद्युत् ४, लघुवित्त ७, ब्यापार उपसमूह सूचक ३ अंक बढे । बैंकिङ ५, जीवन बीमा ८०, निर्जीवन बीमा ११९ र अन्य उपसमूह सूचक ४ अंक घटे ।
सबैभन्दा धेरै कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो भने ग्लोबल आईएमई लघुवित्तको ७.७ प्रतिशत बढ्यो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो ।
Comments are closed.