सेयर बजार ८.३९ अंकले बढ्दा कारोबार भने ८१ करोडमा खुम्चियो

काठमाडौं ।  लगातार घटेको सेयरबजार बुधबार भने उकालो लागेको छ । बुधबार नेप्सेपरिसूचक ८ दशमलव ३९ अंकले बढेको हो । सेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ३९ अंकले बढेर १ हजार ८ सय ७५ दशमलव ०७ विन्दुमा पुगेर बन्द भएको छ ।

आज २ सय ६२ वटा कम्पनीका २६ लाख २ हजार ९ सय ५६ कित्ता सेयर किनबेच हुँदा ८१ करोड ६० लाख ४६ हजार बराबरको रकम कारोबार भएको छ ।

मंगलबार ९१ करोड ७६ लाख रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा नेप्सेपरिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, गुराास लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक र हिमालयन डिस्टिलरी क्रमश अगाडि रहे । कारोबारको आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । सो कम्पनीको कारोबार ६ करोड ४३ लाख बराबरको कारोबार भएको छ ।

कुल १६४ कम्पनीको मूल्य बढ्दा ६४ को घट्यो भने ७ को स्थिर रहृयो । बैंकिङ ७, विकास बैंक ३, फाइनान्स ६, होटल तथा पर्यटन ३२, जलविद्युत् १०, जीवन बीमा २९, अन्य ३ र माइक्रोफाइनान्स उपसमूह २९ अंक बढे । ब्यापार ८, निर्जीवन बीमा ४४ र उत्पादन उपसमूह ४ अंक घटे । कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो ।

 

You might also like

Comments are closed.