आज अमेरिकी डलर, युरोसहित कुन देशको पैसा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा रहेको छ। बिहीबारको तुलनामा अमेरिकी डलरको मूल्य शुक्रबार पुनः घटेको छ ।

त्यस्तै, शुक्रबार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४२ रुपैयाँ ५२ पैसा र बिक्री दर १४३ रुपैयाँ १८ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा राष्ट्र बैंकले तोकेको छ । बिहीबारको तुलनामा आज युरो, बेलायती पाउण्डको मूल्य घटेको छ भने अष्ट्रेलियन डलरको मूल्य भने आज स्थिर रहेको छ ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८७ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९९ पैसा , साउदी अरेवियन एक रियालको खरिददर ३४ रूपैयाँ ८५ पैसा र बिक्री दर ३५ रूपैयाँ ०१ पैसा , कतारी रियाल एकको मूल्य खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७२ पैसा र बिक्री दर २९ रूपैयाँ ८५ पैसा राष्ट्र बैंकले तोकेको छ ।

समग्रमा साताको अन्तिम कारोबारको दिन शुक्रबारको दिन अमेरिकी डलरसहित केही देशको मूल्य घटेको छ भने केही देशको मूल्य बढेको देखिनुका साथै केही देशको पैसाको मूल्य स्थिर रहेको छ ।

 

You might also like

Comments are closed.