राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त भएका छन् ।
नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत रहेका हुन् । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसकेका छन् ।

You might also like

Comments are closed.