प्रतिभा माविमा बिदाई

पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयले १२ कक्षाका विद्यार्थीलाई आइतबार एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । कक्षा ११ र १२ अध्ययन गरेर अन्तिम परीक्षाको तयारी अघि विद्यालयले विद्यार्थीलाई बिदाई गरेको हो । बिदाई कार्यक्रमका लागि कक्षा ११ का विद्यार्थीले संयोजन गरेका थिए ।

सांस्कृतिक गतिविधिसहित आयोजित बिदाई कार्यक्रममा कक्षा ११ की छात्रा दिपीकाकुमारी शर्माले बिदाई भई जाने विद्यार्थीहरुलाई आगामि दिनका लागि शुुभकामना दिएकी थिईन । प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले कक्षा ११ ले १२ का विद्यार्थीलाई बिदाई गर्नु आफैमा गतिलो संस्कार भएको बताए । उनले कम्तिमा दुइवर्षको यो अवधिले अगाामि दिनमा अघि बढ्न थप उर्जा मिल्ने बताए ।

‘युवाले अहिलेको उर्जाशिल समयलाई उपयोग गरेर भविश्यका लागि अघि बढ्नुपर्छ । भविश्य उज्जवल बनाउन लगनशीलता र अटुट निरन्तरता चाहिन्छ,’ पौडेलले भने, ‘सफलताको लागि अनुशासन पनि चाहिन्छ ।’ अध्यक्ष पौडेलले बेलैमा आफ्नो महत्व बुुझ्न नसके अहिलेको उर्जा भविश्यमा कमजोर हुँदै जाने पनि बताए । अहिलेको प्रतिश्पर्धाले भोलिको भविश्य निर्धारण गर्ने पनि उनले बताए ।

विद्यालयका प्राचार्य किरण सापकोटाले सफलताको यात्रामा अगाडि बढ्नका लागि विद्यार्थीलाई हौसला आवश्यक रहेको बताए । सापकोटाले प्रतिभाका विद्यार्थीमा सबैखाले आत्मविश्वास रहेको बताए । ‘विद्यार्थीको मेहनत र लगाव देखेर सिंगो विद्यालयले उनीहरुको भविश्य उज्जवल देखेको छ,’ उनले भने, ‘अहिलेको यो मेहनतलाई खेर नफाल्नु । निरन्तरको मेहनतले भविश्यमा सफलता हात पार्नेछ ।’

पछिल्लो वर्ष विद्यालयका विद्यार्थीले विभिन्न क्षेत्रमा प्रतिभा देखाएर विद्यालयका लागि मात्र नभई सिंगो पोखराको शैक्षिक क्षेत्रका लागि गुन लगाएको प्राचार्य सापकोटाले बताए । सिंगो देशका लागि स्वर्ण पदक भित्र्याउने विद्यार्थी उत्पादन गर्न विद्यालय सफल भएको सापकोटाले बताए । ‘पोखराका शैक्षिक गतिबिधिमा प्रतिभाको नाम अग्रपंक्तिमा छ, यो हुनुमा विद्यार्थीको मेहनत र लगाव पनि एउटा कारण हो,’ उनले भने, ‘हामी भविश्यमा थप इतिहास रच्नका लागि आतुर छौ ।’

प्राचार्य सापकोटाले जिवनमा जति नै सुकै ठूलो पदमा पुगेपनि आमाबाबु, जन्मथलो र विद्यालयलाई नबिर्सन विद्यार्थीलाई सुझाव पनि दिए । प्रतिभा माविलाई देशकै अब्बल शैक्षिक संस्था बनाउनका लागि विद्यार्थीले राजदूतको भूमिका निभाएको उनले बताए । ‘कुनैबेला हामीलाई अप्ठेरो पर्दा त्यो अप्ठेरो फुकाउने चाबि हाम्रै विद्यार्थी बन्नेछन,’ उनले भने ।

नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुने प्रतिभा माविमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्यापन हुने गरेको छ ।

 

You might also like

Comments are closed.