नयाँ वर्षमा आइएमई पे को नयाँ अफर

काठमाडौं । आइएमई पे ले गोल्डस्टार शुज को खरिदमा छुटको नयाँ अफर ल्याएको छ । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लमिटिेड”को “आइएमई पे”ले “गोल्डस्टार शुज” सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।

२०७९ चैत २७ देखि २०८० बैशाख ०५ सम्म जम्मा ९ दिन का लागि कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार शुजको आधिकारीक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पे मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५५ छुट प्राप्त गर्न सकिने आइएमईले जनाएको छ।

नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन – गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रर्वद्घनात्मक गर्न सो सम्झौता गरेका हुन ।

You might also like

Comments are closed.