सानिमा बैंक र दराजबीच “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले दराज नेपालसँग “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य गरेको छ । यो योजना २०७९, चैत्र २८ देखि २०८० वैशाख ७ गतेसम्म लागू हुने जनाइएको छ ।

उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्लेटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट/क्रेडिट कार्ड मार्फत अग्रीम भुक्तानी गरी सामान खरिद गर्दा विभन्न छुट पाउने व्यवस्था गरेको छ ।

उक्त सहकार्य बमोजिम सानिमा डोमेस्टिक डेबिट कार्डबाट २०७९, चैत्र २८ देखि २०८० वैशाख १ गतेसम्म ८% वा अधिकतम् रु. ५०० सम्म सबै सामानमा छुट हुने छ । यस्तै २०७९, चैत्र २८ देखि २०८० वैशाख १ गतेसम्म सानिमा डोमेस्टिक क्रेडिट कार्डबाट सबै सामानमा १०% वा अधिकतम् रु ५०० छुट हुने छ ।

त्यस्तै २०७९, चैत्र २८ देखि २०८० वैशाख १ गतेसम्म सानिमा डोमेस्टिक क्रेडिट कार्डबाट २०% वा रु. २०० सम्म, वशेष वर्गका सामानहरुका लागि मात्रः स्वस्थ्य र सौन्दर्य, फेसन, जीवनशैली, अडियो र पहिरनका खरिदम छुुट हुने व्यवस्था गरिएको छ ।

ग्राहकहरुले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ । सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रिया अनुसार छुट प्रदान गरिनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (सपिङ आउटलेट) , होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरण बैंकको वेबसाइट https://bit.ly/3mcQI7W  मा उपलब्ध छ ।

 

You might also like

Comments are closed.