काठमाडौं– विद्युतीय सवारीसाधनमा स्थापित कम्पनी बीवाइडीले इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम सहितको ‘बीवाइडी डिसस’ मुख्यालय चीनको सेन्जेनमा सार्वजनिक गरेको छ । कम्पनीले अटोमोबाइलको क्षेत्रमा चीनमन मा पहिलो पटक इन्टेलिजेन्ट बोडी कन्ट्रोल सिस्टम सहितको इभी बनाएको बताएको छ ।
अन्य उत्पादनको तुलनामा डिससमा धेरै सुधार देखिएको यसलाई चलाएर अनुभव गर्नेले बताएको कम्पनीको दाबी छ । यो गाडी ‘इन्टेलेजेन्ट डम्पिङ बडी सिस्टम (डिसस–सि)’, ‘इन्टेलेजेन्ट बडी कन्ट्रोल सिस्टम (डिसस–ए) र ‘इन्टेलेजेन्ट हाइड्रलिक बडी कन्ट्रोल सिस्टम (डिसस–पि)’ प्रोफाइलमा ल्याएको कम्पनीले जानकारी दिएको छ । यी गाडी अन्यभन्दा सुरक्षित र आरामदायी भएको कम्पनीको दाबी छ ।
Comments are closed.