“आइएमई पेको “तिमीलाई पनि, मलाई पनि” अफर”

काठमाडौं । आइएमई ग्रुुप “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे”ले वालेट(टु(वालेट ट्रान्सफरलाई प्राथमिकता दिदै “तिमीलाई पनि, मलाई पनि” नामक अफर सार्वजनिक गरेको छ । सो अफरमा आइएमई पे वालेटबाट आइएमई पे वालेटमा पैसा पठाउने र पाउने दुबै जनाले आकर्षक उपहार पाउने आइएमईले जनाएको छ ।

२०७९ चैत २९ देखि २०८० भाद्र २६ (अप्रिल १२ देखि सेप्टेम्बर १२ २०२३) सम्म चल्ने सो अफरमा आईएमईका ग्राहकहरुले आइएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच – हेयलोउ आर.टि एल.एस.०५५ जित्ने मौका पाउने छन् ।

सो अफर ५ महिनासम्म चल्ने छ र प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनौट गरिनेछ । यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ।

यस अफर अवधिभर वालेट-टु-वालेट ट्रान्सफर गर्ने ग्राहकहरुले सो पुरस्कार जित्न सक्नेछन् ।
ग्राहकवर्गमा वालेट-टु-वालेट ट्रान्सफर (पि.टु.पि) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरुलाई विधुत्तिय भुक्त्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।

You might also like

Comments are closed.