काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडलेको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त भएका छन् । आजबाट लागु हुने गरी आचार्य लाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको बैंकले जनाएको छ ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरुका विभिन्न विभागहरुमा उच्च व्यवस्थापनमा संलग्न रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका २२ बर्षभन्दा बढिको कार्य अनुभव हासिल गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एम. वि. ए. सम्मको उच्च शिक्षा हासिल गरेका हुन् ।
उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एम. वि. ए. मा केन्द्रिय बिभाग (व्यवस्थापन), किर्तीपुर को शिर्षस्थान तथा विश्वविद्यालय स्तरमा दोस्रो स्थनमा उत्तिर्ण भई उत्कृष्ठ थेसिस लेखन बापत कृष्ण चन्द्र रेग्मी अवार्ड बाट समेत सम्मानीत भएका थिए ।
उहाले आफ्नो बैंकिङ्ग करियर सन् २००० मा साबिक नेपाल के्रडिट एण्ड कर्मस बैंक लिमिटेड बाट व्यवस्थापन प्रशिक्षार्थीका रुपमा सुरु गरी सिभिल क्यापिटल मार्केट लिमीटेडको अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको भुमिका पनि निर्वाह गरेका थिए । उनले बिभिन्न बैंक तथा बित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि सफल कार्य गर्नुका साथै साबिकको सिभिल बैंक लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा प्रमुख कर्जा अधिकृत रहि सफलता हासिल गरेका थिए ।
आचार्यको कुशल कार्यअनुभवबाट बैंकले थप प्रगति गर्ने विश्वास लिईएको जनाएको छ ।
Comments are closed.