आजका लागि तय गरिएको राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं ।

राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज हपराह्न २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष कारणवश स्थगित गरिएको हो ।

बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी राष्ट्रियसभाका अध्यक्षले निर्धारण गर्ने संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी

सूचनामा उल्लेख छ । रासस

 

You might also like

Comments are closed.