राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगियको छ । पौडेललाई बुधबार बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार राष्ट्रपति पौडेलको साथमा उनका निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली भारत गएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लगिएको जनाइएको छ ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । रासस

You might also like

Comments are closed.