सुनको मूल्य ३०० रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महालसँगका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.