काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको अग्रणी संस्था कंगारु एजुकेशन फाउण्डेसनको आयोजनामा ‘अष्ट्रेलिया एडमिसन डे’ हुने भएको छ । २३ अप्रिल (वैशाख १०) आइतबार कार्यक्रम हुनेछ ।
पुतलीसडकस्थित एबि कम्प्लेक्सको पाँचौं तलामा कंगारुको कार्यालय परिसरमा नै अष्ट्रेलिया एडमिसन डेको कार्यक्रम हुनेछ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभाकका लागि कार्यक्रम निकै प्रभावकारी हुने कंगारुले विश्वास लिएको छ । अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा कार्यक्रम हुनेछ ।
स्पट एडमिसन, छात्रबृत्ती लगायतका सुविधा पनि उक्त अवसरमा सहभागी विद्यार्थीले प्राप्त गर्नसक्ने बताइएको छ ।
शैक्षिक परामर्श व्यवसायमा कंगारु एजुकेशनसँग १६ वर्षको अनुभव छ । पुतलीसडकमा प्रधान कार्यालय रहेको कंगारुको शाखा कार्यालय काठमाडौंको नयाँ बानेश्वर, पोखरा, चितवन, बिर्तामोड, इटहरि, बुटवलमा छ । अष्ट्रेलियाको सिड्नी, एडिलेड, पर्थ र पास्मानियामा शाखा सञ्जालमार्फत कंगारुले सेवा प्रदान गरिरहेको छ ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको रोजाईमा कंगारु पर्न सफल रहेको प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए । अष्ट्रेलियासँगै न्युजिल्याण्ड, युके, युएसए र क्यानडाका लागि कंगारुले परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.