सिंगल चार्जमा ५०० किमी चल्ने आउडीको इलेक्ट्रिक कार, यस्ता छन् विशेषता

काठमाडौं ।

लक्जरी कार निर्माता कम्पनी आउडीले जेनेभा मोटर शोमा आफ्नो नयाँ कुपे स्टाइलको इलेक्ट्रिक एसयूभी ई–ट्रोन स्पोर्टब्याकको प्रोटोटाइप लन्च गरेको छ । अरेन्ज फिनिसमा पेश गरिएको उक्त इलेक्ट्रिक एसयूभीको प्रोडक्सन भर्सन पनि यही लुकमा उपलब्ध हुने बताइएको छ ।

स्पोर्टी लुक
आउडी ई–ट्रोन स्पोर्टब्याकलाई ई–ट्रोन क्वाट्रो प्लेटफर्ममा डिजाइन गरिएको छ । त्यसैगरी यसमा ई–ट्रोन क्वाट्रो इन्जिन पनि हुनेछ । स्पोर्टी लुक भएको यो गाडी ४ सिटर हुनेछ । यसमा डिजिटल रियर भ्यु क्यामेरा, २३ इन्चको एलोई ह्विल, एलईडी फुलबिम हेडलाइट, नयाँ डीआरएल र एलईडी टेल ल्याम्प्स हुनेछ ।

पावर
सो इलेक्ट्रिक कुपे–एसयूभीमा तीन मोटर उपलब्ध छन् । यी सबैको कम्बाइन्ड आउटपुटले ५३ एचपीको पावर र ८०० एनएमको टर्क जेनेरेट गर्नेछ ।

३० मिनेटमा ८० प्रतिशत चार्ज
उक्त इलेक्ट्रिक एसयूभीमा ९५ किलोवाट आवरको ब्याट्री प्याक छ । यसलाई होम चार्जर वा डीसी फास्ट चार्जरको प्रयोग गरी वायरलेस तरिकाले चार्ज गर्न सकिन्छ । यसलाई ३० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दावी छ । एक पटक फुल चार्ज गर्दा यसलाई ५०० किलोमिटर चलाउन सकिने कम्पनीले दावी गरेको छ ।

स्पिड
आउडीका अनुसार यसले ४.५ सेकेन्डमै ० देखि १०० किलोमिटरको गति लिन सक्छ । यसको टप स्पिड २१० किलोमिटर प्रतिघण्टा छ ।

You might also like

Comments are closed.