काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Comments are closed.