“आइएमई पे”मार्फत तीन देशबाट आएको रेमिट्यान्स दावी गर्दा बोनसमा निरन्तरता

काठमाडौं । आइएमई डिजिटल सोलुसनले ‘आइएमई पे’मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ ।

संसारको जुनसुकै ठाउँबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रूपमा प्रदान गरिदै आएको छ । ‘आइएमई पे’ ले सो बोनस रकममा निरन्तरता दिदैं ग्राहकलाई विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गर्न यो योजना लागू गरेकोे कम्पनीले जानकारी दिएको छ । सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दावी गर्दा पनि उपलब्ध हुनेछ ।

आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् ।
आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको बताएको छ ।

२० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

 

You might also like

Comments are closed.