क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा क्यानडा पठाएर वेटरमा काम लगाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कास्की,पोखरा म.न.पा.१८ स्थाइ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने विपना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनिता गोतामे लाई प्रलोभनमा पारी गोतामेबाट पटकपटक गरी जम्मा ९ लाख रुपैयाँ रकम लिई कुँवर सम्पर्कविहीन बनेका थिए । वैदेशिक रोजगार विभागबाट कुँवरलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही आधारमा वैशाख ११ गते काठमाडौंको गोकर्णेश्वरबाट प्रहरीले कुवरलाई पक्राउ गरेको  जनाएकाे छ।

यसैगरी, वैदेशिक रोजगारीमा सिंगापुर पठाएर होटेलमा काम लगाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । झापा, अर्जुनधारा न.पा.१ स्थाई घर भई हाल काठमाडौंको नयाँ बसपार्क बस्ने ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको छ ।

मीनबहादुर रानालाई प्रलोभनमा पारी ६ लाख ४० हजार रुपैयाँ रकम लिई मैनाली सम्पर्कविहीन बनेका थिए । वैदेशिक रोजगार विभागबाट मैनालीलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही आधारमा वैशाख ११ गते बबरमहलबाट मैनालीलाई पक्राउ गरेको थियो ।

 

 

You might also like

Comments are closed.