रास्वपाद्वारा ३६ वटा विभाग गठन, स्वर्णिमलाई अर्थ नीति विभागको नेतृत्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न ३६ वटा विभाग गठन गरेको छ । सोमबार बसेको पार्टी बैठकले विभागहरु गठन गरेको हो ।

पार्टी बैठकले नेता स्वर्मिण वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको छ । उनी हालै नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

रास्वपा प्रवेश गरेसँगै उनी तनहुँ क्षेत्र नं. १ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेर लोकप्रिय मतसहित विजयी पनि भएका छन् ।

रास्वपाको संसदीय दलको बैठकसमेत सोमबार नै बसेको छ । बैठकले संसदीय दलको नेतामा रवि लामिछानेलाई र्बसम्मत चयन गरेको छ ।

You might also like

Comments are closed.