ईडीएफले सिम्याट र कुम्याट कक्षा सञ्चालन गर्ने

काठमाडौं ।  १४ वर्षदेखि वैदेशिक अध्ययनमा काम गर्दै आएको ईडीएफ एडमिसन्सले आगामी मे २५ बाट सिम्याट र कुम्याट कक्षा सञ्चालन गर्ने भएको छ ।

नेपाली विद्यार्थीलाई व्यवस्थापन क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न आवश्यक प्रशिक्षण प्रदान गरी उत्कृष्ट कलेजमा अध्ययन गर्न सहयोग गर्नु यसको उद्धेश्य रहको ईडीएफले जानकारी दिएको छ । प्रवेश परीक्षाको आवश्यकता पूरा गर्न आधारभूत पाठ्यक्रम अनुसरण गर्दै सँगै रोचक र अन्तरक्रियात्मक तरीकाबाट अध्ययन गराइने ईडीएफले जनाएको छ ।

ईडीएफका सिम्याट र कुम्याट तयारी कक्षाले विद्यार्थीहलाई म्यानेजमेन्टका प्रमुख अवधारणाहरूमा मजबूत आधार प्रदान गर्ने र उनीहरूको विश्लेषणात्मक र समस्या हल गर्न क्षमता विकास गर्ने लक्ष्य लिएर तयार गरिएको बताइएको छ ।

ईडीएफले शिक्षामा समावेशी र व्यापक शिक्षा वातावरण प्रदान गर्ने विश्वास लिएको छ । प्रभावकारी शिक्षण प्रविधि र विद्यार्थीलाई प्रोत्साहान गर्ने विभिन्न विधी अवलम्बन गर्ने संस्थाको भनाइ छ । संस्थाले सफलतापूर्वक ५ हजारभन्दा बढी विद्यार्थीहरूलाई सेवा दिएर वैदेशिक अध्ययन को सपनाहरू साकार पारेको जानकारी दिएको छ ।

ईडीएफले जम्बोरी एजुकेसन इंडियासंग संयुक्त रूपमा जिआरइ, जिम्याट, स्याट, आयल्स र टोफल कक्षा चलाउँदै आएको बताएको छ ।

You might also like

Comments are closed.