मन्त्रीको सूचीमा थपिए आचार्य , १०औं पटक मन्त्रिपरिषद् विस्तार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रचण्डको मन्त्रिपरिषद्मा किपलवस्तुबाट चुनाव जितेका कांग्रेस सांसद सुरेन्द्रराज आचार्य मन्त्री बनेका छन् ।

प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री प्रचण्डले पुसमा एक, माघमा तीन, फागुनमा दुई, चैतमा एक र बैशाखमा तीनपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३, २१ र २४ बैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो ।

You might also like

Comments are closed.