भेटायाे एपले ल्यायाे १ ताेला सुन जित्ने माैका

काठमाडाैं। भेटायो एपले अफ्नो सुरुवातको पहिलो वर्ष पुरा गरेको छ । पहिलो वर्ष सफलताको साथ पूरा गरेको भन्दै आफ्ना सबै ग्राहकलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

भेटायोले आफ्नो वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाइ विभिन्न अफरमा लक्की ड्र का आधारमा १ तोला सुन र बढी मूल्यका सेवाहरूमा ५०% सम्म छुटका साथै वैशाख महिना भरी निःशुल्क प्लम्बिङ सेवा दिने भएको छ ।

भेटायोले विगत एक वर्षदेखि काठमाडौं , ललितपुर र भक्तपू्र जिल्लामा आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । भेटायो एपको को फाउन्डर अशुृं शाक्यले भविष्यमा अन्य शहरमा आफ्नो सेवा विस्तार गर्दै लैजाने योजना रेहेको बताइन् । उनले भनिन् “एक वर्षको दौरानमा हामीले धरै चुनौतीहरुको पनि सामना गर्नु परेको साथै चुनौति सँगसगै अवसरहरु पनि हामीले धरै पाएका छौ । सुुरुवातमा प्लम्बिङवाट सरु गरेको हाम्रो सेवालाई अहिले हामीले १५ वटा सर्भिससम्म दिन सक्ने भएका छौ यसलाई पनि हामीले ठुलो उपलव्धिको रुपमा लिएका छौ ।”

यसको साथै हमाीले १२ हजार भन्दा बढि ग्रहकलाई हमीले सेवा दिन सक्यौ भने त्यस्तै ३ सय ५० जना व्यक्तीलाई रोजगार दिन पनि सफल भएका छौ । यो पनि हम्रो लागि ठुलो उपलव्धि रह्यो यो वर्षको लागि । यो वर्ष हाम्रो धरै काम रिपिएरमा फोकस हुनुको साथै यस बाहेक, आफ्नो १ वर्षको अवसरमा, भेटायोले सामाजिक क्षेत्रको उत्तरदायित्व पुरा गर्नका लागि श्री मैना देवी फाउन्डेसनसँग हातेमालो गरी विभिन्न वातावरण मैत्री कामहरु गरेको शाक्यले बताइन् ।

साथै उनले सहभागिता र सशक्तिकरणको माध्यमबाट वातावरणीय दिगोपन सुधार गर्न प्रतिबद्ध गैर–लाभकारी सामाजिक संस्था र तिनीहरूले क्लीनअप प्रिमियर लिग नामक आफ्नो अभिनव विचार मार्फत युवाहरूमा सरसफाइको महत्व र वातावरणमा यसको प्रभाव सिर्जना गर्न र सचेत गराउन मिलेर काम गरिरहेका समेत जानकारी दिइन् । आगामी दिनमा यो सहकार्यले केही मानिसहरूलाई मात्र नभई अझ धेरैलाई प्रभाव पार्ने योजना रहेको समेत बताइन् ।

भेटायो एपले विगत एक वर्षदेखि व्यवसायिक र घरायसी सेवाहरु प्रदान गर्दै आएको छ । प्लम्बिङ घर सफाई अर्थात डिप क्लिनिङ, लुगाफाटोको सरसफाई अर्थात लौण्डी, सवारी साधानको सरसफाई ,व्यु्टिशियन लगाएतका सेवा प्रदान गर्ने गरेको छ ।

 

You might also like

Comments are closed.