पूर्वसभासद आङतावा शेर्पाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी

काठमाडाै । नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइएको बताएइको हो ।

यस प्रकरणका आरोपी सानु भण्डारीलाई हिरासतमै गएर भेटेका शेपाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।

२०७० सालमा रामेछापबाट शेर्पा सांसदमा निर्वाचित भएका थिए ।

You might also like

Comments are closed.