१६ हजारमा शुरु भएको थियो अहिले २५ अर्ब पुगेको ‘इन्फोसिस’ कम्पनी

 

काठमाडौं – भारतकै टप आइटी कम्पनी इन्फोसिस कति लागतमा शुरु गरिएको होला ? संस्थाकी को–फाउण्डर सुधा मुर्तीका अनुसार यो कम्पनी जम्मा १० हजार भारु (१६ हजार रुपैया) मा शुरु गरिएको हो ।

इन्फोसिस बेलायती प्रधानमन्त्री ऋषि सुनकको ससुरालीको हो ।
भारतको चर्चित पुरस्कार पद्म भुषणले सम्मानित भएकी मुर्तीले टेलिभिजन शो ‘द कपिल शर्मा शो’ मा उनले एउटा टिनको बट्टामा जम्मा गरेर राखेको पैसाले शुरुवात गरिएको हो ।

यो धेरै अगाडिको सन्दर्भ पनि होइन । सन् १९८१ मा शुरुआत भएको यो कम्पनी भएको हो । उनले भनिन्, ‘टिनको डब्बामा बचाएर राखेको १० हजार २५० रुपया थियो, १० हजार लगानी गर्यौं, २५० इमर्जेन्सीको लागि जोगाएर राख्यौं ।’ यसको लागत अहिले १९ विलियन डलर पुगेको छ । जसले वार्षिक ४.२ विलियन डलर आम्दानी गर्दै आएकोछ ।

 

You might also like

Comments are closed.