काठमाडौ । खल्ती डिजिटल वालेटले गत वर्षको तुलनामा यसपटक दोब्बर अफरसहित अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आएको छ। २ महिनाको यो अफर अन्तर्गत खल्तीले असार ३१ सम्म पल्सर एन १६० बाइक, ५ जनाले जित्न सकिने अफर ल्याएको जनाएको छ ।
त्यस्सै गरी आईफोन १४, वनप्लस ११, स्मार्ट टिभी, सबैलाई खुत्रुके, १ करोड भन्दा बढी स्क्र्याच कार्ड, स्मार्टब्यान्ड, इयरबड, कुपनहरू मिलाइ करोडौँको अफर समेत ल्याएको छ । २ महिने अफर जेठ १ गतेदेखि असार ३१ सम्म लागु हुनेछ। यस अफरलाई राउन्ड १, राउन्ड २, राउन्ड ३ र राउन्ड ४ गरी चार राउण्डमा विभाजन गरिएको छ।
प्रत्येक राउन्डमा कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू पल्सर एन १६० को लक्की ड्रको लागि योग्य हुनेछन्। हरेक राउन्डको अन्त्यमा एक बिजेता घोषणा हुनेछ। चार राउन्डहरूमा योग्य हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि पनि योग्य हुनेछन् र बोनस राउण्डको पल्सर एन १६० जित्न सहभागी हुनेछन् । तसर्थ, कुल मिलाएर प्रयोगकर्ताका लागि पल्सर एन १६० जित्ने पाँच मौकाहरू छन्।
यस अफरका बारे बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “सन् २०७९ मा ’द बिगेस्ट पेमेन्ट जात्रा’ को अपार सफलता पछि यसपाली करोडौँको अफर सुरु गर्न पाउँदा हामी उत्साहित छौं। हामी विश्वास गर्छौं कि यस अफरले प्रत्येक प्रयोगकर्तालाई कुनै पनि भुक्तानी गर्ने अतुलनीय फाइदाहरूका साथ डिजिटल रूपमा कारोबार गर्न प्रोत्साहित गर्नेछ।
यी अफरहरू बाहेक, खल्ती एप भित्र जात्रा दुईवटा विशेष फिचर पनि देख्न सकिनेछ जसमा प्रयोगकर्ताहरूले जित्ने मौकाहरू निश्चित छन्। प्रयोगकर्ताहरूले बिना कुनै भुक्तानी गरि दैनिक रूपमा ’खुत्रुके’ फुटाउन सक्नेछन् जसमा विभिन्न किसिमका अफर र क्यासब्याकहरू समावेश गरिएको छ। साथै, अर्को विशेषता भनेको डिजिटल स्क्र्याच कार्ड हो जुन नेपालमै पहिलो पटक पटक कुनै डिजिटल वालेटमा ल्याइएको फिचर हो। प्रयोगकर्ताहरूको लागि १ करोड भन्दा बढी स्क्र्याच कार्डहरू छन् जहाँ १०० रूपैयाँ भन्दा माथिको कुनै पनि भुक्तानीमा विभिन्न अफरहरू सहित प्राप्त गर्न सक्नेछन्।
यस बाहेक खल्तीले वर्ल्डलिङ्कको बिल तिर्ने र उडान टिकट खरिद गर्ने प्रयोगकर्ताहरूलाई दुईवटा आईफोन १४ विशेष उपहार दिने योजना पनि गरेको छ। तसर्थ, यी सेवाहरूको भुक्तानी गर्ने कोहि दुई भाग्यशालीले आईफोन १४ जित्ने मौका पाउनेछन्। त्यसैगरी अर्को विशेष उपहार खल्तीबाट बीमा प्रिमियम भुक्तानीमा रहेको छ जहाँ कोहि एक भाग्यशाली प्रयोगकर्तालाई वानप्लस ११ जित्ने मौका रहेको छ। यसका साथै आफ्नो बीमा प्रिमियम भुक्तानीमा प्रयोगकर्ताले हरेक हप्ता स्मार्ट टिभी, स्मार्टब्यान्ड पनि जित्न सक्नेछन् ।
Comments are closed.